लिलाम भएन निगमको बोइङ


प्रकाशित मिति : भाद्र २१, २०७६ शनिबार

नेपाल वायुसेवा निगमको ३१ वर्ष पुरानो बोइङ (गण्डकी) दोस्रो पटक पनि लिलाम हुन सकेन । विमान खरिद गर्न प्रस्ताव गर्ने दुवै कम्पनी अयोग्य भएका छन् ।

निगमका सहायक प्रवक्ता सुलेख मिश्रकाअनुसार एबीएन नामको इजरायली कम्पनीले इमेलबाट र अर्को प्रस्ताव कम्पनीले बिना ठेगाना बोलपत्र बुझाएकाले दुवै नेपालको कानुनअनुसार अयोग्य भएका हुन् ।

निगमले यसअघि असार ११ गते ३० दिनको लिलामी सूचना जारी गरेको थियो ।

निगमले पहिलोपटक सूचना जारी गर्दा अल्फा चार्ली ब्राभो कलसाइनको उक्त जहाजको ६१ करोड र त्यसका ६०० हाराहारीका स्पेयर्स पाट्र्ससमेत गरी रु ८७ करोड न्यूनतम मूल्य तोकेको थियो ।


Discover more from KHASOKHAS

Subscribe to get the latest posts sent to your email.

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com