Follow @khasokhasmag

७० हजारलाई डेंगु, वैशाखयता अस्पतालमै पुगेकै बिरामी ७ हजार


प्रकाशित मिति : भाद्र २१, २०७६ शनिबार

पछिल्लो समय प्रकोपका रुपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडिसिडी)को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै बैशाखयता करिब ७ हजार छन् ।  निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा करिब ७० हजार पुग्ने चिकित्सकको आंकलन छ ।

इडिसिडीको तथ्यांकअनुसार वैशाखदेखि असारसम्म ३ हजार ४२५ जना र साउनयता ३ हजार ५८० जना उपचार गराउन अस्पताल आइपुगका छन् । यो सरकारी क्षेत्रको रिर्पोटेड तथांक हो । निजीसहित गर्दा ७० हजार डेंगुले बिरामी पुगेको अनुमान छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com