२० बर्षपछि एसाइलमको वर्क परमिटमा महत्वपूर्ण परिवर्तन गर्दै युएससीआईएस


प्रकाशित मिति : भाद्र २१, २०७६ शनिबार

अमेरिकी सरकारले झण्डै २० बर्षपछि पेन्डिङ अवस्थामा रहेका एसाइलमका आधारमा प्रदान गरिने वर्क परमिटको नियममा परिवर्तनको तयारी गरेको छ । प्रस्तावित नयाँ नियमबारे सोमबार फेडरल रजिस्टरमा युएससीआईएसका तर्फबाट सुचना प्रकाशन गरिदैछ ।

वर्तमान अवस्थामा एसाइलम आवेदन पेन्डिङ रहेको अवस्थामा आवेदकले वर्क परमिटका लागि दिएको निवेदनबारे ३० दिनभित्र युएससीआईएसले निर्णय लिनुपर्ने प्रावधान रहेको छ । यद्यपी युएससीआईएसले ७८ प्रतिशत आवेदनहरुमा झण्डै ६० दिनभित्र निर्णय दिने गरेको छ । तर यो समय प्रयाप्त नभएको भन्दै ३० दिनको समयसिमा हटाउन लागिएको हो ।

प्रस्तावित नियमको पूर्ण पाठ

प्रस्तावित नयाँ नियम लागु भएपछि एसाइलमका आधारमा वर्क परमिट प्राप्त गर्न महिनौं लाग्ने भएको छ । १८० दिनसम्म एसाइलम आवेदन पेन्डिङ रहेको अवस्थामा आवेदकले वर्क परमिटको लागि आवेदन दिएको खण्डमा अधिकांशले ६० दिनभित्र वर्क परमिट प्राप्त गर्दै आएकोमा अब एसाइलम पेन्डिङ रहेपनि वर्क परमिट प्राप्त गर्न लामो समय लाग्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै एसाइलम पेन्डिङ रहेको आधारमा वर्क परमिटको नविकरण गर्दा कम्तीमा ९० दिन पहिले आवेदन दिनसक्ने प्रावधानलाई पनि युएससीआईएसले हटाउने तयारी गरेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एसाइलम पेन्डिङ रहनेहरुको वर्क परमिट १८० दिनका लागि स्वत अद्यावधिक राख्ने नियम ल्याएकाले कम्तीमा ९० दिनपहिले आवेदन दिनुपर्ने प्रावधान औचित्यहिन भएको भन्दै हटाउन लागिएको हो ।

२० बर्ष अगाडि तय गरिएको ३० दिने समयसिमा अहिले आउटडेटेड भइसकेकाले त्यसलाई परिवर्तन गर्नुपरेको र अहिलेको अवस्थामा पृष्ठभूमि परिक्षण तथा आवेदकमाथिको छानविनका लागि उक्त समय प्रयाप्त नहुने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । विगतको ५ बर्षको तुलनामा युएससीआईएसमा पेन्डिङ एसाइलमका आधारमा युएससीआईएसमा दिने वर्क परमिटका आवेदनमा पनि झण्डै ६ गुणा बृद्धि भएको छ ।

आर्थिक बर्ष सन् २०१३ मा ७९५७१ वर्क परमिटका आवेदन परेका थिए जसमध्ये प्रारम्भिक आवेदन ४१ हजार २१ थिए भने नविकरणका लागि ३७ हजार ८ सय ६१ रहेका थिए । तर आर्थिक बर्ष २०१७ सम्म आइपुग्दा पेन्डिङ एसाइलमका आधारमा ४ लाख ७८ हजार ७२१ आवेदन परेका थिए । जसमध्ये प्रारम्भिक आवेदन २ लाख ६१ हजार ७ सय ८२ र नविकरणका लागि २ लाख १२ हजार २ सय ५५ आवेदन रहेका थिए ।

आर्थिक बर्ष २०१७ को तथ्यांक हेर्दा युएससीआईएसले थप जाँचबुझ आवश्यक नभएका पेन्डिङ एसाइलमका वर्क परमिट आवेदनहरुमध्ये ४२ प्रतिशत ३० दिनभित्र, २२ प्रतिशत ६० दिनभित्र र १२ प्रतिशत ६० दिनभन्दा लामो अवधिमा निर्णय दिएको थियो । २०१७ मा झण्डै ५ प्रतिशत प्रारम्भिक आवेदन भने अस्वीकृत भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com