पत्रकार डण्ड गुरुङ टान जर्नालिस्ट अवार्डबाट सम्मानित


प्रकाशित मिति : भाद्र २०, २०७६ शुक्रबार

पत्रकार डण्ड गुरुङ टान जर्नालिस्ट अवार्डबाट सम्मानित भएका छन् । ट्रेकिङ एजेन्सिस एसोसिएसन अफ नेपाल टानले पत्रकार गुरुङलाई सम्मानित गरेको हो ।

गुरुङलाई पर्यटन क्षेत्रमा दिएको योगदानको कदर गर्दै टानले सम्मान गरेको हो। शुक्रबार काठमाडौंमा आयोजित टानको ४१ औं साधारणसभामा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई पुरस्कृत गरिएको छ ।

टान जर्नालिस्ट अवार्डबाट पुरस्कृत हुनेमा राससका सीबी अधिकारी, मेघा टेलिभिजनकी कल्पना महत, हिमालयन टाइम्सका अर्पण आले, योहो टेलिभिजनकी डोमा शेर्पा, अनलाइनखबर डटकमका अच्युत पुरी अनलाइनखबर र दियोपोस्ट डटकमका सुदीप बिक रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान र पुरस्कार प्रदान गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com