अफगानिस्तान मामिला कसले हेर्छ ? ग्रीन जोनमा छन् नेपाली


प्रकाशित मिति : भाद्र १८, २०७६ बुधबार

अफगानिस्तानको काबुलमा सोमबार राति भएको विस्फोटमा परेर ज्यान गुमाएका चन्द्रबहादुर पुनमगरका आफन्त दिल पुन रोजगारीका क्रममा दुबईमा छन् ।

बाहिरी जानकारी र सम्पर्क सूत्रमा पहुँच राख्ने उनले दुई दिन यता ज्वाइँ चन्द्रबहादुरको शव फिर्ता ल्याउन र क्षतिपूर्तिसहितका प्रक्रियाबारे जानकारी लिन इस्लामाबाद तथा दिल्लीस्थित नेपाली दूतावासलाई दोहो-याएर इमेल गरेका छन्, फोन गरिरहेका छन् । तर, दुवै दूतावासले कुनै जवाफ फर्काएका छैनन् ।

उनले चन्द्रबहादुरसँगै अर्का मृतक चितवनका कृष्ण थापाबारे पनि सरोकार राखेर दूतावासहरुको ध्यानाकर्षण गराएका छन् । तर कुनै पनि जवाफ आएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबार विस्फोटका टार्गेटमा परेको ग्रिन भिलेजका सुरक्षा प्रवन्धक टेकजंग मल्लाका ग्रीन भिलेजमा रहेका नेपाली सबै सुरक्षित रहेको बताएका छन् ।

सुरक्षा प्रबन्धकको काम गरेर फर्केका प्रकाश केसीका अनुसार कबुलमा रहेका बेलायत, अमेरिकी, जर्मनी र राष्ट्रसंघीय कार्यालयमा अधिकांश सुरक्षाकर्मी नेपाली छन् ।

उनका अनुसार बेलायती नियोगमा ३५०, अमेरिकीमा ११ सय, जर्मनमा ७० र राष्ट्रसंघीय कार्यालयमा झन्डै १ हजार नेपाली सुरक्षाकर्मी छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com