विमानस्थलबाट फर्काइएका हार्भर्डका विद्यार्थीले पाए अमेरिका प्रवेशको अनुमति


प्रकाशित मिति : भाद्र १८, २०७६ बुधबार

अगस्त अन्तिम साता अमेरिकी विमानस्थलबाटै फिर्ता पठाइएका एकजना १७ बर्षीय विद्यार्थीलाई अमेरिकाको अध्यागमनले पुन अमेरिका प्रवेशको अनुमति दिएको छ । अमेरिकाको हार्भर्ड विश्वविद्यालयमा अध्ययनका लागि आउँदै गरेका स्माइल अजाबीलाई गत साता अध्यागमन अधिकारीहरुले विमानस्थलबाटै फिर्ता गरिदिएका थिए । दूतावासबाट अमेरिकाको भिसा पाइसकेका उनलाई विमानस्थलबाटै फिर्ता पठाइएको थियो ।

तर अमेरिका पुन प्रवेशको अनुमति पाएपछि सोमबार उनी हार्भर्ड विश्वविद्यालयमा आइपुगेका थिए । उनलाई विमानस्थलबाट फकाइएपछि हार्भर्ड विश्वविद्यालयले समस्या समाधानका लागि विद्यार्थीका परिवार र सम्बन्धित सरकारी निकायसँग समन्वय गरेको थियो ।

ती विद्यार्थीले अमेरिका प्रवेशमा रोक लगाउने सबै प्रावधानहरुमा विजय प्राप्त गरेकाले उनलाई विद्यार्थी भिसामा प्रवेश गर्न अनुमति दिइएको युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनले जनाएको छ । तर उनलाई कुन कारणले रोकिएको थियो र पछि कुन कारणले प्रवेश अनुमति दिइयो भन्नेबारे केही बताएको छैन । तर कारण भने खुलाएको छैन । ती विद्यार्थी १७ बर्षका लेबनानमा बस्दै आएका प्यालेस्टाइनी हुन् ।

उनलाई बोस्टनको अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकारीहरुले अगस्त २३ मा फोन र ल्यापटप चेक गरेपछि भिसा रद्द गरेर फिर्ता पठाएका थिए । उनलाई फिर्ता पठाउनु अगाडि ८ घण्टा हिराशतमा लिइएको थियो । त्यो अवधिमा उनलाई फोन, ल्यापटप खोल्न लगाएर झण्डै ५ घण्टा खानतलासी गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com