चितवन अदालतको आदेश खारेजीको माग गर्दै रवि लामिछाने उच्च अदालतमा


प्रकाशित मिति : भाद्र १७, २०७६ मंगलबार

टेलिभिजनमा कार्यक्रम प्रस्तोता रवि लामिछानेले चितवन जिल्ला अदालतको आदेश खारेजीको माग गर्दै उच्च अदालतमा निवेदन दिएका छन् । उनले पाटनमा रहेको उच्च अदालतको हेटौडा इजलासमा निवेदन दर्ता गराएका हुन् ।

चितवन अदालतले ५ लाख धरौटी मागेकोमा लामिछानेले साधारण तारेखमा मुद्दा कायम गराउन माग गर्दै निवेदन दिएका हुन् । फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ ‘क’ बमोजिम लामिछानेले निवेदन दर्ता गरेको जनाइएको छ ।

‘मुद्दाको फैसला नभइसकेकाले यो फैसलाबिरुद्धको पुनरावेदन होइन । धरौटीमा रिहा गर्ने अदालतको आदेशबिरुद्धको निवेदनमात्र हो ।’ – कानुन व्यवसायी शीतल पाण्डेले खसोखासलाई जानकारी दिइन् ।

उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगसहित चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। चितवन र काठमाडौं प्रहरीको संयुक्त टोलीले साउन ३० गते काठमाडौंबाट रविसहित तीनजना पक्राउ गरेको थियो।

चितवन जिल्ला अदालतले भदौ ९ गते लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गरेको थियो। लामिछानेलाई ५ लाख र कडेँललाई तीन लाख धरौटी मागेको थियो । अस्मिता कार्की भने साधारण तारेखमा रिहा भएकी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com