अस्थायी रुपमा देशनिकाला स्थगन गर्ने अगस्त ७ पछिका मुद्दा युएससीआईएसले नहेर्ने


प्रकाशित मिति : भाद्र १७, २०७६ मंगलबार

अस्थायी रुपमा देशनिकाला स्थगित गर्नका लागि दिइएका अगस्त ७ पछिका आवेदनहरु युएससीआईएसले नहेर्ने भएको छ । तर अगस्त ७ भन्दा अगाडि पेन्डिङ अवस्थामा रहेका गैर सैनिक देशनिकाला स्थगन आवेदनहरु युएससीआईएसले पुन खोलेर हेर्ने भएको छ ।

अगस्त ७ भन्दा अगाडि पेन्डिङ अवस्थामा रहेका र रिओपन गरिएका आवेदनहरुका सन्दर्भमा एकसाताभित्र आवेदकलाई पत्र पठाइने युएससीआईएसले जनाएको छ । अगस्त ७ पछि भने देशनिकाला तत्काल स्थगनका लागि दिइएका गैर सैन्य आवेदनहरु युएससीआईएसले नहेर्ने भएको छ ।

यदि कसैले अगस्त ७ पछि आवेदन दिएमा युएससीआइएसले आवेदन अस्वीकृत गरेर सुचना पठाउनेछ । डिफर्ड एक्सनका रुपमा चिनिने उक्त सुविधा अमेरिकाका गैरकानुनी रुपमा उपस्थीत भएकाहरुलाई तत्काल देशनिकाला नगर्नका लागि दिने गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अगस्त ७ सम्म पेन्डिङ अवस्थामा रहेका कारण अस्वीकृत गरिएका आवेदनका आवेदकहरु जसको देशनिकालाको आदेश पेन्डिङ अवस्थामा छैन, उनीहरुलाई देशनिकालाको लागि निशानामा नपारिने युएससीआईएसले जनाएको छ ।

अगस्त ७ सम्म पेन्डिङ अवस्थामा रहेका आवेदनहरु उपर भने युएससीआईएसले निर्णय लिदै जाने जनाइएको छ । अमेरिकी सेनाका सदस्यहरु र डाकाले समेटेकाहरुका सन्दर्भमा भने अगस्त ७ को कदमले कुनै असर नगर्ने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com