ऋण दिने नाममा २५ गाउँका सर्वसाधरणको उठिबास लगाउने श्याम परदेशी पक्राउ


प्रकाशित मिति : भाद्र १५, २०७६ आईतबार

सर्वसाधारणलाई ऋण दिएवापत नक्कली कागज बनाएर ठगेको अभियोगमा सर्लाहीकाे मलंगवा नगरपालिका-४ का श्यामकृष्ण साह कलवार (श्याम परदेशी) पक्राउ परेका छन् ।  प्रदेशीलाई आइतबार साँझ ८ बजे जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले पक्राउ गरेको हो ।

परदेशीको जाली तमसुकको शिकार बनेकी पीडित रुक्मीणी चौधरीको जाहेरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । यही भदौ ५ गते चौधरीले परदेशीविरुद्ध प्रहरीमा उजुरी दिनुभएकाे थियाे ।

‘४ लाख दिएर १५ लाखको कागज गराएको भनी ठगीमा उजुरी आएकाले पक्राउ गरेका हौँ,’ सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईले भन्नुभयाे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले १ सय ५० भन्दा बढीलाई ऋण दिँदै ठगेपछि पीडितहरुले काठमाडौंमा काबारबाहीको माग गर्दै धर्ना गरेको थिए । पीडितहरुले गत मंगलबार राजधानीमा परदेशीविरुद्ध पत्रकार सम्मेलन गरेर आफूहरुलाई न्याय दिलाउन सरकारसँग अपिल समेत गरेका थिए ।

जालझेल, ललाई फकाई, डरक्रास र करकापमा पारी किर्ते जालसाजी गरी ठगी गरेको पीडितको आरोप थियो ।  परदेशीले गाउँमा सोझासिदा नागरिकलाई तमसुक बनाई चर्को व्याजदरमा ऋण प्रवाह गर्ने, परिवारका सबै सदस्यलाई ऋणी बनाउने र भनेजति पैसा नदिए लेनदेनको मुद्धा चलाएर दुःख गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com