मिर्गौला फेल हुनुका यस्ता छन् कारण


प्रकाशित मिति : भाद्र १५, २०७६ आईतबार

मिर्गौलाको मुख्य काम रगतलाई फिल्टर गरेर टक्सिन अर्थात् विषाक्त वस्तुलाई पिसाबको माध्यमबाट बाहिर निकाल्नु हो । यसले रगतमा पानी, नुन तथा अन्य खनिज पदार्थलाई सन्तुलित बनाएर राख्छ । यदि कुनै कारणले मिर्गौलाले रगत फिल्टर गर्न वा फोहोर वस्तुलाई बाहिर निकाल्न नसकेमा मिर्गौला फेल भएको मानिन्छ, जसलाई ‘एन्ड स्टेज रिनल डिजिज’ पनि भनिन्छ । मिर्गौला फेल हुनुका विभिन्न कारण छन् । जसमा अस्तव्यस्त सहरी जीवनशैली र अस्वस्थ खानपानलाई मुख्य कारण मान्न सकिन्छ ।

उच्च रक्तचाप
उच्च रक्तचाप मिर्गौला फेल हुनुको मुख्य कारण हो । रक्तचापका कारण धमनीमा अत्यधिक दबाब पर्ने भएकाले मुटुको साथै मिर्गाैलमा पनि असर पुर्‍याइरहेको हुन्छ । यस्तै गलत खानपानले रक्तचाप बढाउने गर्छ, जसको सोझो असर मिर्गौलामा पर्छ ।

मधुमेह
गलत खानपान र अस्वस्थ जीवनशैलीका कारण मधुमेहको समस्या बढ्दै गइरहेको छ । यदि बिरामीले मधुमेह नियन्त्रण गर्न सकेन भने शरीरमा अत्यधिक ग्लुकोज जम्मा हुने गर्छ । जसले गर्दा मिर्गौलाले रगत फिल्टर गर्न सक्दैन । फलस्वरूप मिर्गौलामा विशाक्त पदार्थ जम्मा हुन्छ र फेल हुने सम्भावना बढेर जान्छ ।
व्यायाम, खानामा व्यवस्थापन, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली अपनाउने हो भने मिर्गौलाको समस्याबाट बच्न सकिन्छ ।

वंशाणुगत गुण
मिर्गौला फेल हुनुको एउटा कारण वंशाणुगत गुण पनि हो । यदि कुनै व्यक्तिमा मिर्गौलाको समस्या छ भने बच्चामा पनि फेल हुने सम्भावना रहन्छ । तनावका कारण पैदा हुने हर्मोनले मिर्गौलामा नोक्सानी पुर्‍याउँछ । अस्वस्थ जीवनशैली तथा गतिहीन दिनचर्या भएको व्यक्तिमा टक्सिनको मात्रा बढ्ने गर्छ । मिर्गौलाले यी टक्सिनलाइ बाहिर निकाल्न पाउँदैन, जसकारण फेल हुने सम्भावना बढेर जान्छ । धूम्रपान र मध्यपान बढी गर्ने व्यक्तिमा पनि मिर्गौलाको समस्या एकदमै धेरै हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्य समस्या
विभिन्न अन्य समस्याले पनि मिर्गौला फेल गराउन सक्छन् ।  जस्तो ‘क्रोनिक किड्नी डिजिज’ भएपछि बिस्तारै मिर्गौलाको कार्य क्षमतामा ह्रास आउँछ । त्यस्तै, मिर्गाैलामा हुने पत्थरीका कारणसमेत मिर्गाैला फेल हुन सक्छ ।

रोकथाम र उपचार
व्यायाम, खानामा व्यवस्थापन, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली अपनाउने हो भने मिर्गौलाको समस्याबाट बच्न सकिन्छ । सामान्यतया मिर्गौला ९० प्रतिशत फेल भएपछि मात्र लक्षण देखिन्छ । यस्तोमा अन्तिम उपाय डायोलोसिस र प्रत्यारोपण मात्रै बाँकी रहन्छ । त्यसैले हामी समयमै सचेत हुन जरुरी छ । प्रत्येक एक वर्षमा नियमित मिर्गौला परीक्षण गराएमा समस्याबाट बच्न सकिन्छ ।मिर्गाैला फेल भइसकेको व्यक्तिका हकमा डायोलोसिस र प्रत्यारोपणबाट पूर्ण उपचार गर्न सकिन्छ । मिर्गौला प्रत्यारोपण नेपालमा पनि सुलभ छ । प्रत्यारोपण पूर्ण उपचार हो ।

डा. पुकार श्रेष्ठ
मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ
कार्यकारी निर्देशक, नेपाल मानवअंग प्रत्यारोपण केन्द्र, भक्तपुर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com