कोलकाता बन्दरगाहमा नेपालको गोदामको उद्घाटन


प्रकाशित मिति : भाद्र १४, २०७६ शनिबार

भारतको कोलकातास्थित बन्दरगाहसँगै नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको ‘कन्टेनर फ्रेट स्टेशन’ (सीएफएस) सञ्चालन भएको छ । सीएफएस सञ्चालनसँगै कोलकाता बन्दरगाहमा कन्टेनर राखेबापत लाग्ने भाडा र जरिवानको खर्च घट्नेछ भने पारवहन सहजीकरणमा सहयोग हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपाल ल्याइने मालसामान सीएफएसबाटै कन्टेनरमा राखेर गन्तव्यतर्फ पठाउन सहज हुनेछ । सीएफएसमा एकै पटक २५० कन्टेनर राख्न सकिनेछ ।

कोलकातामा बिहीबार आयोजित एक कार्यक्रममा नवनिर्मित सीएफएसको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणा साकार तुल्याउने वर्तमान सरकारको प्रमुख कार्यसूची भएको बताउनुभयो । उहाँले समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न पारवहन सञ्जालको अधिक महत्व रहेको दोहोर्‍याउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पारवहन संरचना र सञ्जाल विस्तार गर्न यातायातका थप माध्यमहरू विस्तार गर्ने सिलसिलामा जलमार्ग उपयोगको प्रयास भइरहेको जानकारी दिँदै उहाँले पारवहन तथा ढुवानी प्रणालीमा थप सुधार अपरिहार्य भएको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com