‘भिसा कस्लाई दिने नदिने पहिले नै तय हुँदैन’ – अमेरिकी दूतावास काठमाडौं


प्रकाशित मिति : भाद्र १३, २०७६ शुक्रबार

काठमाडौंमा रहेको अमेरिकी दूतावासले भिसाका लागि आवेदन दिएकामध्ये कस्लाई भिसा दिने वा नदिने भन्ने पहिले नै तय हुने र अन्तरवार्ता केवल औपचारिकतामात्र रहेको आरोप लागिरहँदा अमेरिकी दूतावास काठमाडौंले त्यस्तो आरोप अस्वीकार गरेको छ । कन्सुलर अधिकारीका तर्फबाट गरिएको भनिएको पछिल्लो भिसा च्याटका क्रममा कस्लाई भिसा दिने वा नदिने भन्ने कुराको निर्धारण अन्तरवार्तामा नै हुने स्पष्ट पारिएको छ ।

अमेरिकाको गैर आप्रवासी भिसा कागजपत्रमा आधारित नभई अन्तरवार्तामा आधारित रहेकाले भिसा आवेदकसँग भिसा अधिकारीको पहिलो जम्काभेट अन्तरवार्ताकै क्रममा हुने र त्यो भन्दा अगाडि आवेदन पुनरावलोकन नगरिने भिसा च्याटमा जनाइएको छ । अमेरिकाबाहेक अष्ट्रेलिया, युरोपका कैयन देशहरु र बेलायत लगायतका देशको भिसा भने अन्तरवार्तामा नभई कागजपत्रमा आधारित हुने गरेको छ ।

हामीले कुनै पनि आवेदनबारे पूर्व निक्र्यौल गर्दैनौं । सामान्यतया, आवेदक अन्तरवार्ताका लागि झ्यालमा आउँदा नै उनीहरुसँग हाम्रो पहिलो जम्काभेट हुन्छ । भिसाका लागि मापदण्ड पुरा भए नभएको जाँच्न नै हामीले अन्तरवार्ता गर्छौं । भिसा च्याटमा कन्सुलर अधिकृतले भनेका छन् ।

कन्सुलर अधिकृतले अन्तरवार्ताका क्रममा कहिलेकाँही आवेदकका कागजात हेर्नसक्ने तर धेरै जसो आवेदनमा कागजात नहेरिने भिसा च्याटमा जनाइएको छ । भिजिटर भिसाका लागि अमेरिकाबाट कुनै पत्र वा स्पोन्सरको जरुरत नभएको पनि स्पष्ट पारिएको छ ।

दाजुभाई दिदीबहिनीका लागि ग्रिनकार्ड फाइल गरेपछि १३ बर्ष अमेरिका जानै नपाइने ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com