नक्कली विवाह गरेर चीनमा नेपाली चेली बेच्ने गिरोह पक्राउ,


प्रकाशित मिति : भाद्र १३, २०७६ शुक्रबार

विवाहको नाटक गरेर नेपाली युवतीलाई विवाहकाे बाहानामा बेचेर चीन पठाउने गिरोह पक्राउ परेको छ । शुक्रबार नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले एक चीनीयाँ नागरिकलाई नेपाली युवती विदेश लैजाने क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेपछि पुरै गिरोह पक्राउ परेको हो ।

ब्युरोको टोलीले विभिन्न मिति र स्थानहरुबाट चार जना पीडित युवतीको उद्धार गरेपछि याे घटना सँगै बाहिर आएको हाे । निकै नै संवेधशिल देखिएकाे याे घटनामा संलग्न ६ नेपाली र ४ चीनीयाँ नागरिकलार्इ ब्युराेकाे टाेलीले पक्राउ गरेकाे छ ।

बेचबिखनका क्रममा काठमाडौंमा रहेको चिनिया दलाललेयुवतिलाई विवाह गराए बापत १० लाखसम्मको रकम लिनेको गरेको ब्युरोको अनुसन्धानबाट खुलेको छ । काठमाडौंमा बस्ने नेपाली दलालले १ देखि २ लाखसम्म, युवती राख्ने दलालले ८० हजार, युवतीको अभिभावकले ५० देखि ६० हजार वा नयाँ फोन वा जिन्सी सामग्री पाउने गरेको जनाइएको छ ।

सिन्धुपाल्चोक हेलम्बु २ घर भई हाल टोखा बस्ने रिना तामाङ भन्ने बिबिरानी तामाङ, नुवाकोट ककनी ४ का घर भइ काठमाडौंको टोखामा अस्थायी बसोबास गर्दै आएका रोज तामाङ, त्यस्तै टोखा नै बस्ने लमजुङ बेसिसहर ३ की पार्वती गुरुङ, सोही ठाउँकी अमृता गुरुङ, भरत तामाङ र लमजुङ साबिक गाउँसहर ४ भई हाल काठमाडौं सानेपा बस्ने उषा कुमारी घिमिरे पक्राउ परेको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै पक्राउ पर्ने चीनीयाँ नागरिक हुवेई प्रान्तका झेंग जियांग डोंग, झांग डांग हुई, क्वियान झान पेंग र क्विन लियांग रहेका छन् । उनीहरूमध्ये झेंग र झांग काठमाडौंमा काम गर्ने चिनियाँ दलाल र अर्का दुई विवाह गर्न भनेर आएका चीनीयाँ नागरिक भएको जनाइएको छ ।

विभिन्न जिल्लाबाट पारिवारिक तथा आर्थिक अवस्था कमजोर भएका प्राय मंगोलियन अनुहारका युवतीहरुलाई लक्षित गरेर नक्कली विवाहको जालो फिजाउने काम गरिने गरेको अनुसन्धानबाट देखिएको छ ।

चीनमा गए जिवनस्थर उठ्ने एवं भोली गएर परिवार सहितलाई लैजान मिल्ने किसिमका प्रलोभन देखाउँदै नेपाली युवतीको बेचबिखन गरिएको खुलेको छ । भाषा समेत नजान्ने नेपाल लगायत विभिन्न देशका युवती र चीनका पुरूष दुवैपक्षलाई अनुवादक प्रयोग गरेर कुरा गराइ छोटो समयमै विवाहको बाहानामा चीन पठाइने र उता लगेर यौनकर्मी एवं श्रम शाेषणा गराइने बनाइने गरेको अनुसन्धानबाट खुलेको छ । यो घटनालाई ‘ब्राइड बाइङ’  भनेर चिनिने ब्युराेले जनाएकाे छ ।

हालै उत्तर कोरियाली महिलाहरुलाई छिमेकी चीन लगेर यौनकर्म गराइने गरेको खबर मानव हिंसाको एक डरलाग्दो संकेत बनेको खबर सार्वजिनक भएको थियो । यो विषयमा भइरहेको खोजका क्रममा लन्डनमा कोरिया फ्युचर इनिसियटिभ नामक अधिकारवादी संगठनले उत्तर कोरियाली महिला तथा बालिकाहरूलाई चीनमा यौन कार्य गराउन बाध्य गरिने खबर सार्वजनिक गरेको थियो । उत्तर कोरियालीहरूलाई अपहरण गरेर र यौनकर्मीका रूपमा बेच्ने र चिनियाँ पुरुषसँग बिहे गर्न बाध्य पारिने गरेको त्यो समुहले जनाएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com