शर्मा सद्भावना दुत नियुक्त


प्रकाशित मिति : भाद्र १३, २०७६ शुक्रबार

तेक्वान्दोका प्रशिक्षक दिनेश शर्मा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स गेम्स एण्ड लिजेण्ड अफ द मार्सल आर्ट्स हल अफ फेम (जीकेएमएएफ) को सद्भावना दुत नियुक्त भएका छन् ।

नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव एवं नेपाल तेक्वान्दो महासंघका अध्यक्ष समेत रहेका शर्मालाई ग्लोबल कोरियन मार्सल आर्ट्स फेडेरेसनले जीकेएमएएफको सद्भावना दुत नियुक्त गरेको हो । फेडेरेसनले एक पत्र पठाउदै आफुलाई सद्भावना दुत नियुक्त गरेको प्रशिक्षक शर्माले  जानकारी गराए ।

फेडेरेसनले आगामी अक्टोबरमा अमेरिकाको न्यु जर्सीमा आयोजना हुने हल अफ फेम अवार्ड कार्यक्रमका लागि सद्भावना दुत नियुक्त गरेको हो । हल अफ फेम अवार्ड कार्यक्रम अक्टोबर २५ देखि २७ सम्म आयोजना हुनेछ ।

यस्तै शर्मा एक्स्ट्रा अर्डिनरी मास्टर इन्स्ट्रक्टर अवार्डका लागि समेत मनोनित भएका छन् । प्रशिक्षक शर्मा यसअघि जर्मनीमा ‘मास्टर अफ द इयर’ अवार्डबाट सम्मानित भएका थिए  । यस्तै शर्माले नेपालसहित अमेरीका, बेलायत र भारत लगायतका देशमा पनि अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शर्माले विरगन्जबाट तेक्वान्दो करियर सुरु गरेका थिए । ब्ल्याक बेल्ट ५ औं डान शर्मा हाल तेक्वान्दोका प्रशिक्षक एवं अन्तर्राष्ट्रिय ‘ए क्लास’ रेफ्रिको भूमिकामा रहँदै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com