कोलकातामा नेपालकै कन्टेनर स्टेसन


प्रकाशित मिति : भाद्र १२, २०७६ बिहीबार

भारतको कोलकतास्थित बन्दरगाहसँगै नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन(सिएफएस) सञ्चालनमा आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले खिदिरपुरस्थित बन्दरगाहअगाडि बनेको सिएफएस बिहिबार उद्घाटन गरे । सो अवसरमा उनले भने,‘नेपालको व्यापारलाई व्यवस्थित बनाउँदै लैजानुपर्नेछ ।’

कोलकतामा अहिले आयातकर्ताले एक टन सामानबापत सिएफएसको भाडा प्रतिदिन भारतीय रुपैँया ४५ देखि ६५ सम्म तिर्छन् ।  नेपालको सिएफएसमा आधा मोलमै सो सुविधा उपलब्ध हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com