एशियन मुलका चौधरी न्यूयोर्क स्टेट एसेम्ली उम्मेदवार


प्रकाशित मिति : भाद्र १२, २०७६ बिहीबार

एशियन मुलका अमेरिकन नागरिक जोय चौधरीले न्यूयोर्क राज्य अन्र्तगत बिधान सभा सदस्यका रुपमा उम्मेदवारी दिएका छन् । बंगलादेशमा जन्मिएका अमेरिकन नागरिक चौधरी ज्याक्शन हाइट, पूर्वी एल्मष्ट र उडसाइड अन्र्तगत ३४ नम्बर डिष्ट्रिकबाट उम्मेदवार हुन् ।

नेपाली समुदायसंग नजिक रहेर काम गरेका चौधरी एशियन अमेरिकन समुदायको सहयोगमा चुनावमा होमिएका छन् । प्रगतीशिल युवा उम्मेदवार मानिने ३५ बर्षिय चौधरी अमेरिकन आर्मीमा कार्यरत छन् ।

राजनीतिक रुपमा बिद्यार्थी जीवनकालदेखी नै खारिएका चौधरी लर्गोडिया कलेजमा बिद्यार्थी समुहको अध्यक्ष थिए । यस्तै चौधरीसंग कुइन्स काउन्टी योङ डेमोक्र्याट समुहको कोषाध्यक्ष समेत भएर काम गरेको अनुभव छ । भने उनले २२ डिष्ट्रिकका काउन्सिल म्यान कोष्टा कोन्स्टानटिनिजडेजको समिपमा रहेर काम गरेका छन् । चौधरीले सन् २०१५ मा बिद्यार्थीहरुले अतिरिक्त कक्षा शुल्क घटाउनुपर्ने माग राखि गरेको आन्दोलनको नेतृत्व समेत गरेका थिए ।

साउथ एशियन मुलुकबाट अमेरिका आइ बसोबास गर्नेहरुलाई एकिकृत गरेर चौधरीले भोटर एशोसियशनको समेत शुरुवात गरेका छन् । साउथ एशियन भोटर एशोसियशनका अध्यक्ष समेत रहेका चौधरी कुइन्स काउन्टीबाटै उम्मेदवार भएकाले चुनाव जित्ने आकलन गरिन्छ । एशियन अमेरिकन समुदायको ठुलो हिस्सा कुइन्स क्षेत्रमा बसोबास गर्दछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चौधरी एक सक्षम उम्मेदवार हुन्, एल्मष्ट हस्पिटल बोर्ड सदस्य यादव बास्तोलाले भने, उनले चुनाव जितेमा हाम्रो आवाज अमेरिकी कानुनमा समावेश हुनेछ । एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारीले भने, चौधरीले चुनाव जितेमा यो नेपाली समुदायका लागि समेत ठुलो उपलब्धी हुनेछ, चौधरी न्यूयोर्क राज्यको कानुन निमार्ण तहको उम्मेदवार भएकाले साउथ एशियन समुदायलाई सहयोग हुनेछ ।

करिअरको शुरुवात ट्याक्सी डाइभरबाट गरेका चौधरीले चुनाव जितेमा न्यूयोर्क राज्यमै पहिलो हिन्दु समुदायको नेता हुनेछन् । साउथ एशियन समुदायका मुद्धा जस्तै अध्यागमन, भाषा समस्या, बिद्यार्थीका लागि अतिरिक्त कक्षा शुल्क सहयोग लगायतका बिषयमा सहयोगी भूमिका निर्वाह गर्दै आएका चौधरीले नेपाली समुदायको हितमा समेत काम गरेका छन् ।

चौधरीले नेपाली समुदायका लागि एल्मष्ट अस्पतालमा नेपाली प्रतिनिधि नियुक्ती, बाटोको नामलाई माउण्ट एभरेष्ट वे नामाकरण गर्ने, ड्राइभिङ लाइसेन्स निवेदन नेपाली भाषामा दिन पाउने व्यवस्था लगायतका बिषयमा सिटी काउन्सिलसंग सहकार्य गर्दै सहयोग गरेका छन् । चौधरीलाई कुइन्स क्षेत्रका धेरै प्रगतीशिल नेताहरुको सहयोग रहेको जनाइएको छ । जिल्ला अधिवक्ता उम्मेदवार रहेकी टिफिनी कबानको चुनावका बखत उनी सक्रिए भएर लागेका थिए । चौधरीलाई नेपाली समुदायको समेत सहयोग छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com