आवेदकमध्ये कति नेपालीको भिजिटर भिसा अस्वीकृत ?


प्रकाशित मिति : भाद्र १२, २०७६ बिहीबार

कैयन नेपालीहरुले आफ्नो अमेरिकाको भिजिटर भिसा अस्वीकृत भएको गुनासो गर्दै आएका छन् । तर आवेदकमध्ये कति नेपालीको भिजिटर भिसा अस्वीकृत हुन्छ ? यसबारेको तथ्यांकले तपाईलाई आश्चर्यचकित पार्नसक्छ ।

पछिल्लो तथ्यांक अनुशार अमेरिकाको बी श्रेणीको भिजिटर भिसाका आवेदक नेपालीहरुमध्ये झण्डै आधाले भिसा प्राप्त गर्दै आएका छन् । आर्थिक बर्ष सन् २०१८ को तथ्यांक अनुशार कुल आवेदकमध्ये ४८ दशमलव ५ प्रतिशत नेपालीहरुले अमेरिकाको भिजिटर भिसा प्राप्त गरेका छन् ।

अमेरिकी विदेशमन्त्रालयको तथ्यांक अनुशार आर्थिक बर्ष २०१८ मा कुल आवेदकमध्ये ५१ दशमलव ५ प्रतिशत नेपालीहरुको भिजिटर भिसा अस्वीकृत भएको छ । सबैभन्दा धेरै भिजिटर भिसा अस्वीकृत हुनेमा नेपाल ४५ औं नम्बरमा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालीहरुको तुलनामा भुटानीहरुको भिजिटर भिसा धेरै प्रतिशत अस्वीकृत भएको छ । तर पाकिस्तानी र बंगालादेशीको भिजिटर भिसा अस्वीकृत दर नेपालीको भन्दा कम रहेको छ । विश्वमा सबैभन्दा धेरै भिजिटर भिसा अस्वीकृत हुनेमा सोमालिया र इरान रहेका छन् । २०१८ मा जम्मा ३८ सोमालीहरुलाई भिजिटर भिसा प्रदान गरिएको थियो ।

अमेरिकामा विश्वका ३८ देशका नागरिकहरुभने भिसा वेभर कार्यक्रम अन्तरगत विद्युतीय प्रवेश अनुमति लिएर अमेरिकाको भ्रमण गर्न सक्छन् । जसमा धेरैजसो युरोप र अमेरिकाका धनी देशहरु रहेका छन् ।

आर्थिक बर्ष २०१८ मा १६ हजार १ सय ७० जना नेपालीहरुले बी श्रेणीको भिसा प्राप्त गरेका थिए । जसमध्ये बी वान बी टु भिसा प्राप्त गर्नेहरु १६ हजार १ सय १५ जना रहेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com