बालुवा धोएर सुन !


प्रकाशित मिति : भाद्र ११, २०७६ बुधबार

कर्णालीको किनार । भदौको टन्टलापुर घाम । केही महिना असिनपसिन गर्दै पानीबाट धमाधम बालुवा बोकेर डुँडीमा थुपार्दै छन् ।

कोही डुँडीमाथि राखिएको सोनाट्टा (जाली) ले बालुवाबाट ढुँगा अलग गर्दै छन् । कोहीचाहीँ मसिनो बालुवा थालमा हालेर बेस्सरी धुँदै छन् ।

बालुवा धोएपछि बाँसको कप्टेरो जस्तो ठग्नामा थोरै सुन भेटिन्छ । यसरी नै समूहसमूहमा रहेका सोनाहा समुदायका महिला कर्णालीको बालुवाबाट सुन संकलन गर्दै आएका छन् ।

यो समुदायको मुख्य बसोबास कैलाली र बर्दियाको सीवार्ती कर्णाली किनार हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com