केही अमेरिकी सेना र कर्मचारीका विदेशमा जन्मेका सन्तान स्वत नागरिक नहुने


प्रकाशित मिति : भाद्र ११, २०७६ बुधबार

ट्रम्प प्रशासनले केही अमेरिकी सेना र कर्मचारीका विदेशमा जन्मेका छोराछोरीहरु स्वत अमेरिकी नागरिक हुने प्रावधान खारेज गरिदिएको छ । विदेशमा कार्यरत रहँदा जन्मेका अमेरिकी सेना र कर्मचारीका सन्तानहरुले अमेरिकी नागरिकताका लागि थप झन्झट झेल्नुपर्ने भएको छ ।

युएससीआईएसले बुधबार जारी गरेको पोलीसी अलर्ट अनुशार निश्चित समय अमेरिकाभित्र नबसेका प्राकृतिकरणको माध्यमबाट अमेरिकी नागरिकता लिएका अमेरिकी सेना र कर्मचारीका विदेशमा जन्मेका छोराछोरीहरुले स्वत अमेरिकाको नागरिकता पाउनेछैनन् । तर यो नियमले अमेरिकामा जन्मेकाहरुलाई भने प्रभाव पार्नेछैन ।

नीतिको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

विदेशमा जन्मेका अमेरिकी नागरिकका छोराछोरीहरुले जन्मेको बेलामा वा १८ बर्ष पूरा नहुन्जेल अमेरिकी नागरिकता प्राप्त गर्नसक्ने प्रावधान रहेको छ । नयाँ नीतिले पहिले योग्य कसैलाई पनि नागरिकताको लागि अयोग्य बनाएको छैन, तर मापदण्डमा कडाई गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com