बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी


प्रकाशित मिति : भाद्र ११, २०७६ बुधबार

आचार्य बालकृष्णलाई उनी निकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाएर खुवाएको तथ्य फेला परेको छ । केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्व कर्मचारीले कृष्ण जन्माष्टमीको दिन पेडा खुलाएर हत्या प्रयास गरेको खुलेको हो ।

कृष्णजन्माष्टमीको दिन गुरुको हैसियतले एक पाटेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिलाएको पेडा खान दिएको खुलेको छ ।

आचार्य बालकृष्णलाई हरिद्वारमा भेट गरी फर्किएका पतञ्जली योगपीठ नेपाल ट्रष्टी इञ्जिनियर शालिकराम सिंहले पेडामा विष खुवाउने पूर्वकर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढको बताए ।

हत्या प्रत्यासबाट जोगिएका आचार्य बालकृष्ण ही भदौं १८ गते नेपाल आउन लागेका छन् । नेपालमा पनि उनको स्वास्थ्यबारे चासो भएकाले नेपाल नेपाल आउन लागेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com