हार्भर्डमा पढ्न आउँदै गरेका विद्यार्थीलाई यसरी फर्काइयो विमानस्थलबाटै


प्रकाशित मिति : भाद्र १०, २०७६ मंगलबार

अमेरिकाको हार्भर्ड विश्वविद्यालयमा अध्ययनका लागि आउँदै गरेका एकजना विद्यार्थीलाई अध्यागमन अधिकारीहरुले विमानस्थलबाटै फिर्ता गरिदिएका छन् । दूतावासबाट अमेरिकाको भिसा पाइसकेका उनलाई विमानस्थलबाटै फिर्ता पठाइएको हो ।

मंगलबार हार्भर्ड विश्वविद्यालयको ड्रोमले पहिलो बर्षका विद्यार्थीहरुका लागि ढोका खोल्दा स्माइल अजवाई छुटेका थिए । समस्या समाधानका लागि आफूहरुले विद्यार्थीका परिवार र सम्बन्धित निकायसँग नजिकबाट काम गरिरहेको विश्वविद्यालयका प्रवक्ताले जानकारी दिएका छन् ।

युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनले ती विद्यार्थीलाई फिर्ता पठाइएको पुष्टी गरेको छ । तर कारण भने खुलाएको छैन । ती विद्यार्थी १७ बर्षका लेबनानमा बस्दै आएका प्यालेस्टाइनी रहेको बताइएको छ ।

ती विद्यार्थीलाई बोस्टनको अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको हो । उनलाई फिर्ता पठाउनु अगाडि ८ घण्टा हिराशतमा लिइएको जनाइएको छ । त्यो अवधिमा उनलाई फोन, ल्यापटप खोल्न लगाएर झण्डै ५ घण्टा खानतलासी गरिएको थियो ।

त्यसपछि उनको भिसा खारेज गरेर फिर्ता पठाइएको थियो । उनलाई अमेरिका विरोधी राजनीतिक विचारधारा बोकेका कारण फिर्ता पठाइएको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com