Follow @khasokhasmag

चितवन पुगेर मह जोडीले भने- ‘आत्महत्या दुरुत्साहन ऐन संशोधन हुनुपर्छ’


प्रकाशित मिति : भाद्र ९, २०७६ सोमबार

सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलको न्यायको पक्षमा साथ दिन हाँस्यकलाकार द्वय हरिबंश आचार्य तथा मदनकृष्ण चितवन पुगेका छन्

सोमवार अपरान्ह चितवन पुगेका मह जोडीले जिल्ला अदालत परिसरमा रवि लामिछाने,दीपक बोहरा तथा युवराज कँडेलसँग भेट गरी न्यायको लडाइँंमा कत्ति पनि कमजोर नहुन ढाडस दिए । जिल्ला अदालत श्रेष्तेदारको कक्षमा भएको भेटमा मह जोडीले आत्महत्या दुरुत्साहनको ऐन संशोधन हुनुपर्ने समेत माग गरे ।

पत्रकारसँग बाेल्ने क्रममा हरिबंशले भने – ‘सिंहदरवार भित्र कसैले काेटको खल्तीमा ठूलो मान्छेको नाम लिएर आत्महत्या गरे त्यो ठूलो मान्छेलाई समाउने कि नसमाउने ? त्यसैले यो ऐन संशोधन हुनुपर्छ ।’

यसैबीच जिल्ला अदालत चितवनमा युवराज कँडेल र रवि लामिछानेको बयान सकिएकाे छ । बयान सकिए लगत्तै अदालतमा वादी र प्रतिवादीका वकिलहरुकाे बहस भइरहेकाे छ । थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com