Follow @khasokhasmag

महामारीका रुपमा फैलियो डेंगु, नियन्त्रण विफल


प्रकाशित मिति : भाद्र ७, २०७६ शनिबार

धरानमा तीन महिना बितिसक्दा पनि डेंगु नियन्त्रण हुनुको सट्टा फैलन क्रम जारी छ । उदयपुर, पाँचथर र मोरङ लगायत जिल्लामा पनि डेंगुबाट संक्रमित बिरामीको संख्या बढिरहेको छ । धनारनमै मात्र यस्ता संक्रमितको संख्या ५ हजार नाघेको छ ।

मलुकमा तीन महिनादेखि महामारीका रुपमा फैलिएको डेंगु संक्रमण नियन्त्रण विफल प्रायः भएको छ । साउनयता ३६ जिल्लामा १ हजार १ सय ८६ डेंगुका बिरामी भेटिएका छन् भने वैशाखदेखि असारसम्म ४२ जिल्लामा ३ हजार ४ सय २५ जनामा डेंगु संक्रमण पाइएको छ ।

संक्रमण विस्तारको तुलनामा नियन्त्रण प्रयास प्रभावहीन छ ।  नियन्त्रणका लागि खट्नुपर्ने जिम्मेवार निकायमा जनशक्ति नै नभएकाले तत्कालै यो नियन्त्रण हुनेमा समेत आशंका छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com