पुस्तक ‘कम्पन’बारे बुटवलमा अन्तरकृया, प्रदेशका मन्त्री र प्रहरी प्रमुख सहभागी हुने


प्रकाशित मिति : भाद्र ६, २०७६ शुक्रबार

नेपालको महाभूकम्पपछिको अवस्था र महाभूकम्पबारे पत्रकार किशोर पन्थीबाट लिखित पुस्तक कम्पनको दोश्रो संस्करणबारे बुटवलमा अन्तरकृया हुने भएको छ । शनिबार बुटवल योगीकुटीमा रहेको होटल पौवामा दिउसो साढे १ बजेदेखि हुने कार्यक्रममा प्रदेश सरकारका मन्त्री सुदर्शन बराल र नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल लगायतको सहभागिता रहनेछ ।

महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित रहेर लेखिएको पुस्तकमा महाभूकम्पमा वियोग र वेदना भोग्नेहरुका वास्तविक कथाहरु, मृत्युको मुखबाट बाँच्नेहरुको बयान, रेस्क्यु अपरेशनमा खट्ने सेना, प्रहरी लगायतको अनुभव, भूकम्पपछि घाइते हुनेहरुको उपचारमा संलग्न डाक्टरहरुको अनुभव, देशविदेशबाट राहत लिएर आउनेहरुको भोगाई र अप्ठ्यारो अवस्थामा समेत संचारकर्ममा सकृय पत्रकारका कथाहरु समेटिएको छ । पुस्तक २५२ पृष्ठको रहेको छ ।

पुस्तकको पहिलो संस्करण पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराईले काठमाडौंमा आयोजित कार्यक्रममा लोकार्पण गर्नुभएको थियो । पहिलो संस्करण प्रकाशित भएको एकबर्षभित्रै दोश्रो संस्करण प्रकाशित भएको हो । दोश्रो संस्करणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, डाक्टर बाबुराम भट्टराई, प्राध्यापक डाक्टर खगेन्द्र लुईटेल, बरिष्ठ पत्रकार किशोर नेपाल लगायतले पुस्तकबारे गर्नुभएका समीक्षा पनि प्रकाशित गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा सहभागी हुनुहुने प्रहरी प्रमुख सर्वेन्द्र खनाल समेत पुस्तकका पात्र हुनुहुन्छ । तत्कालिन अवस्थामा प्रहरी हेडक्वाटरमा नै कार्यरत खनालको भूमिका महाभूकम्पपछिको रेस्क्यु अपरेशनमा निकै महत्वपूर्ण रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com