Follow @khasokhasmag

पन्ध्र महिनापछि‘प्रचण्ड’ले बल्ल पाए कार्यकारी भूमिका


प्रकाशित मिति : भाद्र ५, २०७६ बिहीबार

पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिका पाएका छन् । एकीकरण पूर्व अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको सहमति पन्ध्र महिनापछि कार्यान्वयनमा आएको हो ।

बिहीबार बसको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले बैठक बोलाएर पार्टी सञ्चालन गर्न सक्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्वाथ्योउपचारका लागि सिंगापुर जाने भएकाले प्रचण्डको अध्यक्षमा चाँडै सचिवालय बैठक बसेर सांगठनिक एकताका बाँकी कामबारे निर्णय गरिने बताए ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com