नेता नेपाल रुष्ट : ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीमध्ये एउटा रोज्न प्रस्ताव


प्रकाशित मिति : भाद्र ३, २०७६ मंगलबार

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेकपाको पछिल्लो सचिवालय बैठकको निर्णयमा सात बुँधे असहमतिपत्र जाहेर गर्दै ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीमध्ये एउटा रोज्न माग गरेका हुन् ।

पार्टी अध्यक्षदेखि सबै नेतामा एक व्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्था लागु गर्नुपर्ने माग उनको छ । नेता नेतालले पार्टी विधानको धारा ४६(क) कमोजिम स्थानीय तहदेखि संघीय सरकारका कार्यकारी जिम्मेवारी बहन गरेका नेतालाई दोहोरो जिम्मेवारी दिन नहुने अडान राख्दै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com