रविलाई म्याद थपका लागि आज अदालत लगिने, अनुसन्धान बाँकी रहेको प्रहरीको भनाई


प्रकाशित मिति : भाद्र २, २०७६ सोमबार

प्रहरी हिराशतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई आज म्याद थपका लागि अदालत लगिने भएको छ । पत्रकार शालीकराम पुडासैनी मृत्यु प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका रवि लामिछानेसहित तीन जनालाई चितवन प्रहरीले जिल्ला अदालत लैजाने भएको हो ।

अदालतले उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई समय दिएपनि प्रहरीले समय नपुगेको भन्दै म्याद थपका लागि अदालत लैजान लागेको हो । यस अघि अदालतले दिएको समय सोमबार सकिएको छ ।

पुडासैनीले मृत्युअघि रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गरेको बताएका थिए । उक्त प्रकरणमा उनीहरुमाथि आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com