पाँच वर्ष नेकपाको सरकार– प्रचण्ड


प्रकाशित मिति : भाद्र २, २०७६ सोमबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको सरकार ५ वर्ष टिक्ने बताउनुभएको छ ।

सहिद रामवृक्ष यादबको २५ औ स्मृति सभामा सहभागि हुन जनकपुर पुग्नुभएका अध्यक्ष प्रचण्डले यस्तो कुरा बताउनुभएको हो । अध्यक्ष प्रचण्डले केहि मिडियाहरुले पार्टी एकताबारे नकारात्मक समाचार सम्पेषण गरि आफुलाइ बदनाम गर्न षडयन्त्र भएको समेत बताउनुभयो । उहाँले आफ्नो पार्टिको सरकार ५ बर्ष सम्म यहि सरकार रहने बताउदै देश समृद्ध नेपाल सुखि नेपालीको लक्ष्यलाई आत्मसाथ गर्दै देश विकासमा अघि बढने समेत बताउनुभयो ।

पहिलो वर्ष भएकाले सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार्दै उनले अब गतिका साथ काम हुनेमा समेत आफु आसावादी रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । कार्यक्रममा वरिष्ठ नेता नेपालले भने पार्टी एकता गर्दा वरिष्ठ नेताहरु छुटेकाले उनीहरुलाई पनि समेटेर अगाडि बढ्नुपर्नेमका जोड दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com