आगामी निर्वाचनसम्म धैर्य गर्नुस्, त्यसपछि मलाई बस्न मन छैन : ‌‌ओली


प्रकाशित मिति : भाद्र १, २०७६ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले पुरा अवधि सरकारको नेतृत्व आफूले गर्ने स्पस्ट गर्दै आगामी चुनावसम्म धैर्य गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै पुरा अवधि प्रधानमन्‍त्री रहने दृढता व्यक्त गरेका हुन्। उनले भने, ‘आगामी चुनावपछि प्रधानमन्‍त्रीमा रही रहने मन छैन।’

उनले आगामी चुनावसम्म धैर्य गर्न सबैलाई आग्रह गर्दै भने, ‘पद नगएको मान्छे अहिलेसम्म कसैलाई देखेको छैन। आगामी निर्वाचनमा मलाई पनि बस्‍ने  मन छैन।त्यसकारण निर्वाचनसम्म सबै साथीहरुलाई धैर्य गरेर बस्‍न आग्रह गर्दछु।’

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व आलोपालो गर्ने भद्र सहमति भएको दाबी गरिरहेका बेला ओलीको यो अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा लिइएको छ। प्रचण्डले सरकारको नेतृत्व आलोपालो गर्ने भद्र सहमतिअनुसार साढे दुई वर्षपछि आफूले नेतृत्व पाउनुपर्ने आशयसहितको दाबी गर्दै आएका छन्। ओलीले भने घुमाउरो रुपमा त्यो संभावनालाई इन्कार गरेका छन्। ओलीको अभिव्यक्तिले नेकपाभित्र र राजनीतिक बजारमा तरंग ल्याइदिएको छ।

ओलीले तत्काल सरकार परिवर्तन हुने कुनै संभावना नरहेको बताए। उनले भने, सरकार आफ्नो गतिमा हिडिरहेको छ। केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा जनताले निर्वाचित गरेर सुम्पेको जिम्मेवारीबाट अहिलेको सरकार भाग्छ भन्ने कुरा, अहिलेको सरकार लगलग कामिरहेको कुरा, यस्तो दिवा सपना नदेखे हुन्थ्यो।’ ओलीले सरकारको उदारतालाई कमजोरीको रुपमा नलिन आग्रह गर्दै भने, ‘मैले सुन्दैछु, प्रधानमन्त्री पद जाने भो भनेर  डराएर बसेको छ। यो गलत हो।  मैले पद नगएको कोही देखेको छैन। कुनै न कुनै दिन जान्छ। आगामी निर्वाचनपछि मलाई पनि बस्‍न मन छैन।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com