अमेरिकाका एयरपोर्टमा अध्यामगनको कम्प्युटर प्रणाली अचानक डाउन, अमेरिका प्रवेशमा समस्या


प्रकाशित मिति : श्रावण ३१, २०७६ शुक्रबार

शुक्रबार अमेरिकाका मुख्य विमानस्थलमा युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनको कम्प्युटर प्रणाली अचानक डाउन भएको छ । प्रणालीमा खराबी आएपछि अमेरिकामा आउने यात्रुहरुको अध्यागमन प्रकृया समेत अबरुद्ध भएको थियो । न्युयोर्क समय अनुशार दिउसो साढे ३ बजेदेखि कम्प्युटर प्रणालीमा समस्या आएको थियो ।

समस्या समाधान नहुँदासम्म यात्रुहरुले प्रतिक्षा गर्नुपर्दा विमानस्थलमा यात्रुको भींड र लामो लाइन देखिएको थियो । जोन अफ केनेडी लगायतका विमानस्थलमा प्रणालीमा आएको खराबी शुक्रबार बेलुकादेखि समाधान भएको छ ।

अमेरिकाको पूर्वी क्षेत्रमा समस्या समाधान भइसकेको जनाइएको छ । क्यालिफोर्नियाको लस एन्जलसमा रहेको विमानस्थल लगायमा पनि समस्या आएको थियो । अफिसरहरुले सुरक्षा सम्बन्धि डाटाबेसमा पहुच कायम गरेपछि यात्रुहरुको म्यानुअल्ली प्रकृया गरेका थिए ।

भर्जिनियाको विमानस्थलमा झण्डै ५ हजार यात्रुहरुले हलमा प्रतिक्षा गर्नुपरेको थियो । लस एन्जलस, डलास, न्युयोर्क लगायतका विमानस्थलमा यात्रुहरुलाई बिलम्ब हुने सुचना जारी गरिएको थियो ।

प्रणालीमा के कारणले खराबी आएको हो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ । प्रणाली ह्याक भएजस्तो नदेखिएपनि यसबारे अनुसन्धान भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com