नेकपाका प्रमुख सचेतक ढकालको घरमा राति पेट्रोल बम प्रहार


प्रकाशित मिति : श्रावण ३०, २०७६ बिहीबार

प्रदेश सभाका नेकपाका प्रमुख सचेतक नेकपाका नेता माननीय भूमिश्वर ढकालको घरमा राति पेट्रोल बम आकर्मण भएको छ ।

ढकालको घरमा तीनवटा पेट्रोल बम प्रहार भएको र त्यसले गाडीमा क्षति पुगेको बताइएको छ । ढकाल गम्भीर बिरामी परेर काठमाडौंमा उपचारका लागि (मेडिसिटी अस्पताल) भर्ना भएका बेला यहाँ घरमा आक्रमण भएको हो ।

सैनामैना- ७ रामपुर कलौनीमा रहेको उहाँको घरमा पत्नी, बाबा-आमालगायत हुनुहुन्छ । उहाँ सुत्ने कोठासम्मै बम प्रहार भएको तर त्यो विष्फोट नहुदा मानवीय क्षति जोगिन पुगेको छ । पाँच बम प्रहार भएकाेमा २ वटा बम नपड्किएको प्रहरीले जनाएको छ । गाडीमा भने पछाडिको भाग जलेर क्षतिग्रस्त भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com