ऐतिहासिक घण्टाघरको महत्व यस्तो पो रहेछ !


प्रकाशित मिति : श्रावण २९, २०७६ बुधबार

लामो कालखण्डसंगै काठमाडौंवासीले घण्टाघरको घडी अनुसार आफ्नो समय व्यवस्थापन गर्न गरे पनि बिस्तारै प्रविधिले घण्टाघरको आवश्यकता घटेको हो । ऐतिहासिक र पुरातात्वीक महत्व बोकेको समयको जनाउ दिइरहने घण्टाघरको घडीको आज भोलि पनि उत्तिनै महत्व रहेको छ ।

राणा प्रधानमन्त्री वीरशमशेरले १८७५ सालमा घण्टाघर स्थापना गरेका थिए । घण्टाघरको घडीले १२ बज्दा बाह्रपल्ट ’टिङटिङ टिङटिङ’ गरेपछि टुडिखेलमा सेनाले तोप पडकाएर १२ बजेको जनाउ दिने चलन बसेको थियो ।

त्यतिबेलाको समयमा सूचकको एक मात्र ऐतिहासिक र पुरातात्त्विक महत्व बोकेको घण्टाघरको आवाज सुनेरै तोप पडकाउन चलन २०५२ सालसम्म निरन्तरत रुपमा रहेको थियो । त्यसपछि तोप पडकाउन बन्द भए पनि ’टिङटिङ टिङटिङ’ गर्ने घडीभने आज पनि निरनतर चलिरहेको छ ।

प्रतिष्ठित भवनको रूपमा रहेको घण्टाघर स्याहार संरक्षण र सरसफाइको अभावमा जर्णि बन्दै गएको छ । २०३८ सालमा भएको आगलागीले घडिले समय दिन सकेको थिएन । तर, २०४४ सालमा काठमाडौंमा दोस्रो सार्क सम्मेलनताका घडी मर्मतको आवश्यकता महसुस गरि घडिलाइृ पुरानै लयमा फर्काइएको थियो । दक्ष जनशक्तिको अभावमा त्रिचन्द क्याम्पसमै प्राविधिकका रूपमा काम गर्दै आएका गणेश सापकोटाले १३ दिन घण्टाघरको अध्ययन गरी पुःन घडी चलाएका थिए ।

घण्टाघर संरक्षणका लागि न काठमाडौं महानगरपालिकाले ध्यान दिएको छ, नत पुरातत्व बिभागले नै चासो देखाउन सकेको छ । समय समयमा फलामे दातीमा समस्या देखिने गरे पनि आफूले घडीलाई चुस्त राखेको यहा“का कर्मचारी बताउ“छन् । कुनै बिधुतिय समाग्री बाट घडी नलाएको हु“दा बेलाबेलामा घडीलाई दम दिनु पर्छ । त्यसले गर्दा निकै गाह्रो हुने गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com