Follow @khasokhasmag

तरकारी बेचेरै कमाए ३४ करोड !


प्रकाशित मिति : श्रावण २७, २०७६ सोमबार

धनकुटाको साविक मूर्तिढुंगा, परेवादिन र ताङ्खुवा गाविसका माथिल्लो क्षेत्रका १५ हजार किसानले गत आर्थिक वर्षमा तरकारी बेचेरै करिब ३४ करोड रुपैयाँ आम्दानी गरेका छन्।

बेंसी र तराईका जिल्लामा रोपाइँको मुख्य सिजन चलिरहँदा धनकुटाको तरकारी जोन क्षेत्रका किसान अहिले तरकारी उत्पादन र बिक्री गर्न व्यस्त छन्। एक दशकअघिसम्म घँघरु र चुथ्रो घारीले छोपिने धनकुटाको माथिल्लो भेगका नागिडाँडा अहिले तरकारीले हराभर भएका छन्।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com