रुपन्देहीमा बढ्दो सम्बन्ध विच्छेद : कारण वैदेशिक रोजगार, मदिरा सेवन, लागुऔषध, असफल प्रेम विवाह


प्रकाशित मिति : श्रावण २१, २०७६ मंगलबार

रुपन्देहीमा विभिन्न कारणले सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको देखिएको छ । वैदेशिक रोजगार, मदिरा सेवन, लागुऔषध, असफल प्रेम विवाहका कारण सम्बन्ध विच्छेद बढ्दै गएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ । आर्थिक वर्ष ०७४/७५ मा ६३१ सम्बन्ध विच्छेदको मुद्दा परेकामध्ये ५०२ मुद्दा फछ्र्यौट भएको छ भने १२९ अझै बाँकी रहेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा ७२७ मुद्दा परेकामा ४९२ फछ्र्यौट भएको छ भने २३५ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जिल्ला अदालत रुपन्देहीका स्रेस्तेदार नेत्र भुसालले जानकारी दिनुभयो । अधिकांश मुद्दा २० देखि ३० वर्ष उमेर समूहका भएको बताइएको छ ।

यस्तै रुपन्देहीमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा पनि बढेको छ । आव २०७४/७५ मा ८२ मुद्दा जबर्जस्ती करणीसम्बन्धी अदालतमा दर्ता भएकामा ५६ मुद्दा फछ्र्यौट भएको छ भने २६ मुद्दा बाँकी रहेको छ । त्यस्तै आव २०७५/७६ मा १२० मुद्दा परेकामा ६० मुद्दा फछ्र्यौट भएको छ । त्यस्तै ६० मुद्दा बाँकी रहेको स्रेस्तेदार भुसालले जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com