‘जाइरा’ मा ‘यो मात चढेको साँझ’


प्रकाशित मिति : श्रावण १०, २०७६ शुक्रबार

नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’को ‘यो मात चढेको साँझ’ बोलको गीत सार्वजनिक भएको छ । गोविन्द राईको कोरियोग्राफीमा तनुजा गुरुङले आइटम डान्स गरेकी छिन् । तनुजाको साथ गीतमा प्रमोद अग्रहरी पनि प्रस्तुत भएका छन् ।

फिल्म ‘मनको बाँध’ मा समावेश गीतलाई रिमेक गरिएको हो । मिरा रानाको स्वर रहेको गीतको शब्द किरण खरेलले तयार पारेका हुन् । यसको न्यु भर्सनमा मिना निरौलाले स्वर दिएकी छिन् भने संगीत संयोजन फिरोज बज्राचार्यको रहेको छ । एक्सन फिल्ममा प्रमोदसँगै नम्रता श्रेष्ठ, अनुप विक्रम शाही, सिर्जना रेग्मी, रेमोन दास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगर लगायत कलाकारको अभिनय रहेको छ ।

यो फिल्ममा आशुतोष राज श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ । बाबु श्रेष्ठको छायांकन रहेको फिल्मलाई लोकेश बज्रार्चायले सम्पादन गरेको छन् । यो फिल्म भाद्र ६ गते देखि प्रर्दशन हुँदैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com