Follow @khasokhasmag

‘फटाह फणिन्द्रे’बाट सुस्माले लिइन १० लाख


प्रकाशित मिति : श्रावण ८, २०७६ बुधबार

फिल्म ‘फटाह फणिन्दे्र’ निर्माण हुने भएको छ । निर्माता अरुण खड्काले अरुण फिल्म प्रोडक्सन प्रालीको तेस्रो प्रस्तुतिका रुपमा यो फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मको निर्देशन समेत उनी आफैले गर्दैछन् ।

यो फिल्मका लागि अहिले नायिका सुस्मा कार्की छनोट भएकी छन् । १० लाख पारिश्रमिक रकममा सुस्मालाई फिल्ममा अनुबन्धित गरिएको निर्माण टिमको दाबी छ । चलेका र केही नयाँ कलाकार समेतको अभिनय रहने फिल्मको अन्य कलाकार छिट्टै टुङ्गो लाग्ने अरुणले जानकारी दिए ।

फिल्म निर्माणको सिलसिलामा आफुले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाह फणिन्दे्र’मा खन्याउन लागेको खड्काले बताए । उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा सम्वाद रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन र हरि घले लामाको छायाँकन रहनेछ । नेत्र बिष्ट कार्यकारी निर्माता रहेको फिल्म कमेडी जनरा निर्माण हुन लागेको हो । फिल्मको छायाँकन आगामी कात्तिकबाट सुरु हुनेछ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com