क्वीज मेनिया श्रीलंका अडिसनको लागी राजेस हमाल श्रीलंकामा


प्रकाशित मिति : श्रावण ८, २०७६ बुधबार

नेपाली चलचित्रका महानायक राजेश हमाल क्वीज मेनिया श्रीलंका अडिसनको तयारीकाे बारेमा बुझ्न श्रीलंका पुग्नुभएको छ । त्यहाँ हमालले नेपाली समुदायसँग अन्तरक्रिया गर्नुका साथै क्वीज मेनिया श्रीलंका अडिसनको तयारी बारेमा जिज्ञासा राख्नुभएकाे क्वीज मेनिया श्रीलंका अडिसनका कार्यक्रम संयोजक बिशाल श्रेष्ठले बताउनुभयाे ।

 

क्वीज मेनिया  सिजन ७  का लागी हुने प्रतियाेगिताका लागी नेपालसहित विभिन्न देशका युवाहरुले प्रतिस्पर्धा गर्नेछन् ।

यस वर्षकाे लागी कतार , अस्ट्रेलिया , अज़ेर्बैजान , भियतनाम, बंगलादेश  लगायत विभिन्न देशकाे अडिसन  सम्पन्न भईसकेकाे छ । श्रीलंकामा अडिसन  यहि जूलाई  २८  मा छ  र यस्काे जिम्मा नेपाली विद्यार्थी समाज श्रीलंकाले लिएकाे छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com