छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी


प्रकाशित मिति : श्रावण ८, २०७६ बुधबार

चलचित्र निर्माता छवि ओझा र उनकी पछिल्लो पत्नी एवं अभिनेत्री शिल्पा पोखरेलविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

छविको  पहिलो  पत्नी ५३ वर्षीया हेमा ओझाले बहुबिबाह बिरुद्ध प्रहरी परिसरको कालीमाटी महिला सेलमा  उजुरी दर्ता गरेकी थिइन् । त्यसैलाई आधारबनाएर छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले पक्राउ पुर्जी जारी भएलगत्तै उनीहरुको खोजी सुरु गरिएको बताउनु भयो ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com