मायाको पछि लाग्दा बन्धक …….


प्रकाशित मिति : श्रावण ७, २०७६ मंगलबार

व्यवसायीलाई बन्धक बनाई फिरौती मागेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ । बिर्तामोडमा भाडाको फ्ल्याटमा बन्धक बनाई उनीहरुले ४० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ ।

बितौमोड–४ का २९ वर्षीय मेराज खान, सोही वडाका २५ वर्षीय प्रकाश दास, इलाम घर भई बिर्तामोड–२ बसने २० बस्ने २० वर्षीय ऋतु फियाक लिम्बु र भारत, दार्जिलिङका सञ्जु क्षेत्री भनिने सुजन शंकर पक्राउ परेका हुन् ।

चारै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले मंगलबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । उनीहरुलाई साउन ५ गते चारआलीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिसएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । उनीहरुको साथबाट बा१५च ७३३ नम्बरको कार, नक्कली पेस्तोल र लागूऔषद बरामद भएको उनले जानकारी दिए ।

ती व्यवसायीलाई बन्धक बनाउन युवतीको प्रयोग गरी नक्कली मायाजालमा फसाएको पाइएको बिर्तामोडका डिएसपी मोहन थापाले बताए । उनका अनुसार शंकरले भारतको दिल्ली बस्दै आएकी लिम्बूलाई बिर्तामोड बोलाएर व्यवसायीको फोन नम्बर उपलब्ध गराएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com