गुल्मी अपडेट : मृत्यु भएका ६ मध्ये ४ काे पहिचान


प्रकाशित मिति : श्रावण ६, २०७६ सोमबार

गुल्मीमा पहिरोमा घर पुरिँदा ६ जनाको मृत्यु भएकाे छ   । जिल्लाको सत्यावती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा पहिरोका कारण घर पुरिँदा दुबै ठाँउमा गरेर ६ भन्दा बढी अझै बेपत्ता भएका हुन् ।

मृत्यु हुनेमा ठूलो लुम्पेगकी ३२ वर्षिय तिलकुमार त्रामु, उनको नौ वर्षका छोरा दर्शन त्रामु, ६५ वर्षिया छल्ली विक र २८ वर्षिया पम्फा विक  रहेको प्रहरीले जनाएको छ ।

बेपत्ताहरूकाे उद्दारका लागि जिल्ला सदरमुकाम तम्घासबाट प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनु भएको छ । गुल्मीमा बेलुकीदेखि निरन्तर रुपमा पानी परिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com