Follow @khasokhasmag

तटबन्धले रोकेन नदी कटान


प्रकाशित मिति : श्रावण ५, २०७६ आईतबार

असार र साउन महिनामा वर्षेनी आउने बाढीले मध्य तथा पूर्वी मधेसका अधिकांश जिल्ला डुबानमा पर्दै आएका छन् । गत असार अन्तिम साता बाग्मती, लालबकैया, रातु, कमला, खाँडो, कोसी र कन्काई तथा पश्चिममा कर्णाली नदीको अनियन्त्रित बहावले उक्त भौगोलिक क्षेत्रका लाखौँ सर्वसाधारणको जनजीवन असहज बन्न पुग्यो ।

ठूलो धनराशि खर्च गरेर बनाइएका तटबन्धले पनि नदी कटान रोक्न सकेको छैन ।  नदीको बहाव नियन्त्रण गरेर क्षति न्यूनीकरण गर्न करोडौँ रुपियाँको लगानीमा तटबन्ध निर्माण गरिन्छ । मर्मतमा बर्से्नि करोडौँ रुपैयाँ खर्चिन्छ । अतिवृष्टि भएको वर्ष तटबन्धकै कारणले डुबानमा परेर नागरिकको ज्यान जोखिममा पर्दै आएको छ । बालीनाली र पशुधन पनि क्षति हुँदै आएको छ ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सरिता दवाडी भने तटबन्ध भत्काएर अनियन्त्रित बहाव मात्रैले डुबान नल्याएको बताउँछन् । उनले अव्यवस्थित सहरीकरण र ढलको उचित निकास नहुँदा सहरी क्षेत्र डुबानमा परेको तर्क गरे ।

गएको असार महिनाको बाढीले अप्रत्याशित रूपमा डुबान निम्तिएको उनले बताए ।  दवाडीका अनुसार बाग्मती, लालबकैया, कमला, खाँडोको अनियन्त्रित बहावले रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीको ग्रामीण क्षेत्रमा बढी क्षति पु¥याएको हो । झापा भएर बग्ने कन्काई र कमला नदीले मात्रै २१ स्थानमा कटान गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले लेखेका छन् ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com