ठूलो विवादपछि नेकपाले टुंग्यायो इन्चार्ज र सह-इन्चार्ज


प्रकाशित मिति : श्रावण ५, २०७६ आईतबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले भुगोलका ७७ जिल्ला र जिल्ला कमिटीकै मान्यता पाएको ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्ज टुंगो लगाएको हो।

आजैको बैठकबाट पार्टीको विभाग र आयोगको नेतृत्व पनि टुंगो लगाउने अपेक्षा गरिए पनि त्यसबारे निर्णय हुन सकेन। अर्को बैठक मंगलबार १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने छ।  बैठकले पार्टीको विभागहरु, आयोगहरु, केन्द्रीय निकायहरु, प्रवास संगठनहरुको एकीकरणको टुंगो लगाउने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com