भोलिदेखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्ने


प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार

भोलि अर्थात साउन १ गते देखि इन्टरनेट महंगिने भएको छ । सरकारले आर्थिक विधेयक मार्फत इन्टरनेट सेवा उपलब्ध गराउने निकायले दुरसञ्चार सेवा दस्तुर बापत लिने १३ प्रतिशत रकम असुल गर्नुपर्ने बुँदालाई यथावत राखेकाले इन्टरनेट  सेवा प्रदायकले आपत्ति जनाएका थिए ।

तर इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई आम उपभोक्तालाई मूल्य बृद्धि नगराइदिन भनेपछि  सरकार र व्यवसायी मिलेर मूल्य समायोजन गरिएको इन्टरनेट सेवा प्रदायकको संस्था (आइस्पान) का अध्यक्ष भोजराज भट्टले बताए ।   यस अघिको नोक्सानलाई कभर गर्ने गरी २० प्रतिशतसम्म शुल्क बढाउँने निर्णय गरेका छन् । आथिक वर्ष २०७५/०७६ को बजेटले १३ प्रतिशत शुल्क लिने निर्णय गरेको थियो ।

तर अहिलेको बजेटमा पनि  यो १३ प्रतिशत रकम बृद्धि नहटाएकोले एक वर्षको नोक्सान रकम पनि  उपभोक्ता बाटै उठाउने गरी २० प्रतिशत शुल्क बृद्धि गर्ने उनले भने । उनका अनुसार यो २० प्रतिशत एक बर्षसम्म उठाइनेछ भने अर्को वर्षदेखि १३ प्रतिशतमात्र उठाइनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com