कमला नदीमा फसेका १८ जनाको उद्धार
प्रकाशित मिति : असार २८, २०७६ शनिबार
कमला नदीमा फसेका सबैको उद्धार गरिएको छ। बाढीमा फसेका १८ जनालाई सुरक्षाकर्मीले शनिबार साँझ उद्धार गरेको हो। धनुषाको सघारा र सिरहाको बस्तीकट्टी गाउँपालिका जोड्ने निर्माणाधीन हुलाकी सडकको पुल बनाउने क्रममा फसेका इन्जिनियरसहित ९ जना कामदारलाई नेपाली सेनाको हेलिकप्टरबाट शनिबार साँभm उद्धार गरिएको छ।
बिहीबार साँझदेखि बाढीमा फसेका उनीहरुलाई ४८ घन्टापछि नेपाली सेनाको टोलीलेल उद्धार गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिए। नदीको भंगालोमा फसेका उनीहरुको उद्धार गर्न शुक्रबारदेखि नेपाली सेना, सशस्त्र प्रहरी र गोताखोरले प्रयास जारी राखेका थिए। तर नदीमा पानीको उच्च बहाव भएकोले उद्धार हुन सकेको थिएन् भने खराब मौसमका कारण त्यहाँसम्म हेलिकप्टर पुग्न सकेको थिएन्।