कोशीब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलियो


प्रकाशित मिति : असार २८, २०७६ शनिबार

सप्तकोशी नदीमा पानीको स्तर बढ्दो क्रम जारी नै छ । सप्तकोशी नदीमा पछिल्लो मापन अनुसार पानीको बहावे ३ लाख ३१ हजार २ सय २० क्युसेक प्रतिसेकेण्ड रहेको छ । ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलिएका छन् । कोशीको यो बहाव यस वर्षकै उच्च हो ।

कोशी ब्यारेजका ढोका बढी मात्रामा खोल्दा बिहार लगायतका क्षेत्रमा डुबान तथा बाढीको समस्या बढेको भन्दै भारतीय पक्षले कोशी ब्यारेज कन्ट्रोल रुमलाई ठाडो निर्देशन दिएको बुझिन आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com