पीडितकाे डुंगाबाट उद्धार !
प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार
कुलेश्वरको ओरेन्टल कोलोनी डुबानमा परेपछि सुरक्षाकर्मीले डुंगाको प्रयोग गरेर नागरिकको उद्धार गरेका छन्।दुई दिनदेखिको अविराल वर्षाका कारण डुबानमा परेका राजधानीका बिभिन्न बस्तीका बासिन्दालाई सुरक्षाकर्मीले डुंगाबाट उद्धार गरिरहेका छन् ।
राजधानीका पाटन, भक्तपुर, कलंकी, कुलेश्वर, ढुंगेअड्डालगायत क्षेत्र डुबानमा परेका छन्। कलंकीको मालपोत कार्यालय आसपासका क्षेत्रमा घरहरु पहिलो तलासम्म डुबानमा परेका छन्। बाढीले आफ्ना घरभित्रका सरसामान बगाएर लगेको प्रभावितले बताएका छन्।