अमेरिकाबाट देशनिकालाको आदेश नमान्ने अर्की महिलालाई २ लाख डलर जरिवाना


प्रकाशित मिति : असार २४, २०७६ मंगलबार

अमेरिकाबाट देशनिकालाको आदेश नमान्ने एकजनालाई ४ लाख ९७ हजार डलर जरिवाना सहितको पत्र पठाएको समाचार आइरहँदा भर्जिनियामा एक महिलालाई आईसले २ लाख १४ हजार डलर जरिवानाको पत्र पठाएको छ । ग्वाटेमालाकी ती महिला देशनिकालाको डरका कारण चर्चमा बस्दै आएकी छिन् ।

देशनिकालाको आदेश नमान्नेलाई आइसले तोक्न थाल्यो प्रतिव्यक्ति ५ लाख डलरसम्म जरिवाना

आइसले जरिवाना गर्ने आशयको पत्र पठाउँदै २ लाख १४ हजार डलरको जरिवानाको चेतावनी दिएको छ । अदालतले तोकेको मितिमा उपस्थीत नभएको भन्दै देशनिकाला हुनुपर्ने आइसले जनाएको छ ।

शार्लोटभिल भर्जिनियाको एउटा चर्चमा बस्दै आएकी ग्वाटेमालाकी मारिया चाभालनलाई यस्तो पत्र पठाइएको हो । आइसले चर्च जस्ता संवेदनशिल क्षेत्रमा छापा नपार्ने भएपछि उनी चर्चको शरणमा बसेकी हुन् ।

उनले अमेरिकामा एसाइलम दावी गरिरहेकी छिन् । उनको घर सन् २०१५ मा जलाइएको र धम्की दिइएको भन्दै उनले एसाइलम दावी गरेकी हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com