अमेरिकी औषधिको मूल्य घटाइने


प्रकाशित मिति : असार २१, २०७६ शनिबार

एएफपी/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने विषयमा आफ्नो प्रशासनले काम गरिरहेको जानकारी दिनुभएको छ ।

‘हामीले यस बारेमा काम गरिरहेका छौँ, औषधि सस्तो बनाउने विषयमा हाम्रो काम भइरहेको छ’– उहाँले सम्वाददाताहरुसँग भन्नुभयो । आफ्नो देशमा बन्ने औषधि संसारका अरु देशको भन्दा पुरानो भएको उहाँले बताउनु भएको छ ।

उहाँले भन्नुभयो– हामीलाई थाहा नै छ कि अरु देशहरुले औषधिका लागि सस्तो मूल्य तिरीरहेका छन् तर हामीले त्यो भन्दा महंगो रकम खर्च गर्नु परिरहेको छ, कहिलेकहीँ त ६० देखि ७० प्रतिशतसम्म पनि उनीहरुले सस्तोमा औषधि पाइरहेका छन् ।

उहाँले औषधि कम्पनीहरुले लामो समयदेखि फाइदा मात्र उठाइरहेको पनि बताउनुभयो ।
तर पनि अमेरिकी औषधि कम्पनीहरुबाट छिमेकी देशहरु क्यानाडा, मेक्सिकोहरुले फाइदा भने लिइरहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com