प्रेरणाको दाइजो विवादमा पुनः सुनुवाइ हुने


प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार

पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहको छाउनीस्थित घरजग्गा विवादमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ । अब उक्त मुद्दामा फेरि सुनुवाइ हुने भएको छ ।सर्वोच्चमा दाइजोसम्बन्धि उक्त विवाद यसअघि दुई पटक सुनुवाई भएर टुंगिएको थियो ।

छाउनीको झण्डै १५ रोपनी घरजग्गा दाइजो पाएको दाबी गर्दै प्रेरणाले सर्वोच्चकै पूर्वफैसलाविरुद्ध अर्को रिट दिएकी थिइन् । राजतन्त्र अन्त्यपछि सरकारले उक्त जग्गा नेपाल ट्रस्टका नाममा राख्ने निर्णय गरेको थियो । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com