प्रधानमन्त्री ओलीको शैक्षिक योग्यता एसएलसी मात्रै, कुन मन्त्रीले कति पढेका छन् ?


प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार

ओली सरकारमा पीएचडीदेखि माध्यमिक तहसम्म अध्ययन गरेका नेता सहभागी छन्। कुल २४ सदस्यीय क्याबिनेटमा दुईले पिएचडी, ६ ले स्नातकोत्तर, ९ ले स्नातक, ४ ले प्रमाणपत्र तह र तीन जनाले एसएलसीसम्म अध्ययन गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र कृषिमन्त्री चक्रपाणी खनालले माध्यमिक तहसम्मको अध्ययन गरेका छन्। एसएलसी मात्रै उत्तीर्ण गरेका ओलीलाई भारत उत्तराखण्ड राज्यस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयसहितका विश्वविद्यालयले पीचएडीकै मानार्थ उपाधि दिएका छन्।

प्रमाणपत्र तह मात्र अध्ययन गर्नेमा- आपुर्तीमन्त्री मातृका यादव, महिला बालबालिकामन्त्री थममाया थापा मगर, पर्यटनमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री रामकुमारी चौधरी छन्। स्नातक गर्नेमा- रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, खानेपानीमन्त्री बिना मगर र सहकारीमन्त्री पद्माकुमारी अर्याल छन्। वनमन्त्री शक्ति बस्नेत यतिबेला स्नातकोत्तर तहको परीक्षाको तयारी गरिरहेका छन्।

स्नातकोत्तर तहसम्मको अध्ययन गर्ने अन्यमा- स्वास्थ्यमन्त्री मातृका यादव, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, श्रममन्त्री गोकर्ण विष्ट, कानुनमन्त्री भानुभक्त ढकाल, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र खेलकुदमन्त्री जगतबहादुर सुनारले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन्।

अर्थमन्त्री युवराज खतिवडा, स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले पीएचडीसम्मको अध्ययन गरेका छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com